‎सप्तरीमा जसपा,नेपालको प्रथम जिल्ला अधिवेशन सुरु, अध्यक्ष उपेन्द्र यादवद्वारा उद्घाटन ।

राजविराज, साउन १४ / जनता समाजवादी पार्टी, नेपाल सप्तरी जिल्ला कार्यसमितिको प्रथम एकता अधिवेशन आज राजविराजमा भव्यरूपमा सुरु भएको छ। अधिवेशनको उद्घाटन पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री माननीय उपेन्द्र यादवले गर्नुभएको हो।



‎राजविराजस्थित एक भव्य सभास्थलमा सुरु भएको अधिवेशनमा पार्टीका केन्द्रीय नेता, प्रदेशस्तरीय पदाधिकारी, प्रतिनिधिहरू, विभिन्न पालिकाका नेता तथा कार्यकर्ताको उत्साहजनक उपस्थिति रहेको छ । साेही

‎कार्यक्रममा मधेश प्रदेशका नेता तथा अन्य विशिष्ट अतिथिहरूले पनि सम्बोधन गरेका छन्। अधिवेशनले आगामी कार्ययोजना निर्माण, सांगठनिक सुदृढीकरण, स्थानीय संरचना विस्तार लगायत विषयमा छलफल गर्ने र नयाँ नेतृत्व चयन गर्ने अपेक्षा गरिएको छ।


‎जनता समाजवादी पार्टी नेपाल सप्तरी जिल्ला कार्यसमितिको यो प्रथम अधिवेशन पार्टी सुदृढीकरणका दृष्टिकोणले निकै महत्वपूर्ण मानिएको छ। आयोजक समितिले अधिवेशन सफल बनाउन र नयाँ नेतृत्व चयन गरीनेमा आशावादी रहेकाे  बताएका छन् ।


‎पार्टीका विभिन्न तहका प्रतिनिधिहरूले अधिवेशन सफल होस् भन्ने शुभकामना व्यक्त गरिरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *