साउन १४ – मधेश प्रदेश सरकारको बजेटमार्फत गैरकानूनी रूपमा पैत्रिक सम्पत्ति कब्जा गरिएकोछ ।
कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार रायले आफनाे पैत्रिक सम्पती गैर कानुनी तरिकाले कव्जा गरेकाे बिराेधमा मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएकाे छ ।
ज्ञापन पत्रमा अध्यक्ष यादवले आफ्नो बुबा उमेश कुमार राय र काका नागेन्द्र कुमार रायको नाममा रहेको संयुक्त जग्गामा जबर्जस्ती संरचना निर्माण गरिएको गुनासो गरेका छन्।


सर्लाहीको हेमपुर वडानं.–४ र ५ मा रहेको की.न. १७२, १७४ र २८ नम्बरका जग्गामा मधेश प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, जनकपुरधामको बजेट शि.नं. ३०७००९०१ कार्यक्रम योजनाको नाम सरला माई मन्दिर कविलाशी न.पा.-४, सर्लाही विनियोजित रकम रु. ५० लाखको बजेट विनियोजन गरी ‘सरला माई मन्दिर विकास कार्यक्रम’अन्तर्गत जबर्जस्ती पर्खाल निर्माण गरिएको बताईएकाे छ ।
उक्त कार्यका लागि आफू र आफ्नो परिवारलाई कुनै जानकारी नदिइ एकतर्फी रूपमा राजनीतिक पूर्वाग्रहका कारण जग्गा अतिक्रमण गरिएको आरोप ज्ञापन पत्र मार्फत लगाईएका छ ।
गा.पा. अध्यक्ष रायले “राजनीतिक रिसइबीका कारण” आफू गाउँपालिका अध्यक्ष निर्वाचित भएपछि यस्तो षड्यन्त्र र अन्याय भएको बताएका छन्। उनले वडा अध्यक्ष, उपभोक्ता समिति र अन्य संलग्न व्यक्तिहरूको छानबिन गरी कारबाहीको माग गरेका छन्।
ज्ञापनपत्रमा उनले क्षतिपूर्ति दिलाउने, जग्गाको संरक्षण गर्ने र समयमै न्याय नभए सडक आन्दोलन तथा कानूनी प्रक्रिया अघि बढाउने चेतावनी समेत दिएका छन्।
