‎जनता समाजवादी पार्टी नेपाल अब विपक्षमा बस्ने

काठमाडौं, असार ३२
जनता समाजवादी पार्टी, नेपाल (जसपा) संसदीय दलको बैठक आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको छ। बैठकले प्रधानमन्त्री के.पी. शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।


‎बैठकले सरकारको हालसम्मको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै ११ बुँदे समीक्षा सार्वजनिक गरेको छ। जसपा नेपालले वर्तमान सरकारले जनतालाई सुशासनको प्रत्याभूति दिलाउन नसकेको, भ्रष्टाचार, कमिशनतन्त्र र दण्डहीनतालाई नियन्त्रण गर्न नसकेको, संघीयता कार्यान्वयन गर्न प्रयास नगरेको, अर्थतन्त्र सुधारको ठोस पहल नगरेको, र जनताको मौलिक आवश्यकताहरू जस्तै शिक्षा, स्वास्थ्य, खानेपानी लगायत सेवाहरूमा सुधार गर्न असफल भएको ठहर गरेको जसपा नेपालका प्रवता मनिष सुमनले बताएकाे  छ।


‎उनले मधेश, थरूहट, लिम्बुवान आन्दोलनका क्रममा लगाइएका झुटा मुद्दा फिर्ता नलिएकाे बताउदै संविधान संशोधनका लागि पहल समेत नगरेको प्रवक्ता सुमनले आराेप लगाए ।

‎सुमनले ओलि सरकारले  कृषि तथा रोजगारीका क्षेत्रहरूमा सुधार नगरेको  कारणहरूले वर्तमान सरकार असफल भइसकेको ठहर गर्दै जसपा नेपालले समर्थन फिर्ता लिएको स्पष्ट पारेको छ।


‎उनले पार्टि अब उपरान्त प्रतिपक्षको भूमिकामा रहने निर्णय गरेको समेत जनाउदै बैठकले देश र जनताको पक्षमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *