उत्पीडित जनताको सत्ता स्थापना नहुँदासम्म आन्दोलन नरोकिने  – संघिय गणतान्त्रिक गठबन्धन ।

रौतहट, असार ३१/सत्ताका लागि नभई उत्पीडित जनताको मुक्ति र सामाजिक न्यायका लागि लडिरहेकाे संघीय समाजवादी पार्टीका संयोजक मोहम्मद रिजवान अन्सारीले बताउनुभयाे ।

‎साेही अभियानलाई सम्बाेधन गर्दै बहुजन एकता पार्टीका नेता हरिनन्दन अम्बेडकरले राज्यद्वारा योजनाबद्ध रूपमा दशकौंदेखि पछाडि पारिएका दलित, आदिवासी, मुस्लिम, थरुहट, मधेसी, निषाद समुदायहरूको अधिकार सुनिश्चित गर्न नयाँ राजनीतिक विकल्प निर्माणको आवश्यकता रहेकाे बताउनुभयाे ।

‎गरूडा नगरपालिकामा संघीय गणतान्त्रिक गठबन्धनको आयोजनामा जनजागरण अभियानलाई सम्बाेधन गदै अध्यक्ष रिजवान मिश्रित निर्वाचन प्रणाली उत्पीडितलाई सत्ता बाहिर राख्ने षड्यन्त्र रहेकाे बताउदै यसलाई  ध्वस्त पारेर पूर्ण समानुपातिक प्रणालीको लागि संघर्ष गरिने समेत बताउनुभयाे ।

‎त्यसै गरी नेपाल सद्भावना पार्टीका रामकुमार महताेले मधेसमा भइरहेको विभाजन र राज्यको विभेदकारी दृष्टिकोणको कडा आलोचना गर्दै उहाँले न्याय, समानता र सद्भावना आधारित समाज निर्माणको पक्षमा आवाज उठाउनु पर्ने बताउनुभयाे ।

‎अभियानलाई सम्बाेधन गर्दै नेपाल जनजागृति पार्टीका धुपलाल निषादले निषाद समुदायको लामो उपेक्षा र योगदानको अवमूल्यनको विरोध गर्दै उत्पीडित वर्गहरूलाई नेतृत्वमा ल्याउने क्रान्तिको समेत आह्वान गर्नुभयाे ।

‎संघीय समाजवादी पार्टीकी प्रदेशसभा सदस्य तथा पूर्व गृह सञ्चार तथा कानुन मन्त्री बिमला अन्सारीले प्रदेश सरकारलाई उत्पीडित विरोधी नीति निर्माता रहेकाे आराेप लगाउदै जबसम्म उत्पीडित वर्ग शासन सत्तामा सहभागी हुँदैन, तबसम्म न्याय सम्भव नहुने धारणा व्यक्त गर्नुभयाे ।

‎संघिय गणतान्त्रिक गठबन्धनका नेताहरूले  उत्पीडित जनताको सत्ता स्थापना नहुन्जेलसम्म आन्दोलन नरोकिने प्रतिबद्धता जनाउँदै लोकतन्त्रलाई जनताको पक्षमा लागू गर्ने, भ्रष्टाचार अन्त्य गर्ने र वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने स्पष्ट घोषणा समेत गरे।

‎कार्यक्रमले मधेश एक प्रदेश, उत्पीडित जनताको सेना प्रवेश सुनिश्चितता, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र संघीयताको पुर्नव्याख्या जस्ता गम्भीर मुद्दाहरूलाई फेरि राष्ट्रिय एजेन्डा बनाउने संकेत दिएको छ।

‎कार्यक्रमको अध्यक्षता बहुजन एकता पार्टीका रौतहट जिल्ला इन्चार्ज सत्यनारायण रामले गर्नुभएको थियो। पाँच राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति र सशक्त अभिव्यक्तिले कार्यक्रमलाई राजनीतिक दृष्टिले निकै सशक्त बनाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *