‎चक्रघटा गाउँपालिकामा जसपाको ३१ सदस्यीय कार्य समिति सर्वसम्मतले चयन ।

सर्लाही । जनता समाजवादी पार्टी (जसपा) नेपालले चक्रघटा गाउँपालिकामा ३१ सदस्यीय कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको छ। अब्दुल अहद कवाडीको अध्यक्षतामा गठित कार्य समितिलाई गाउँपालिका अधिवेशनले अनुमोदन गरेको हो।

‎चक्रघटा गाउँपालिकामा सम्पन्न अधिवेशनमा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सुनैना चाैधरी ,केन्द्रीय सदस्य तथा मधेश प्रदेशका पुर्व अर्थ मन्त्री संजय कुमार यादव, पूर्व राष्ट्रिय सभा सदस्य रामपृत पासवान, जसपा मधेश प्रदेश समितिका सदस्य तथा सर्लाही जिल्ला अधिवेशन तयारी समितिका संयोजक विजय यादव, सदस्य रन्धीर यादव, चक्रघटा गाउँपालिका अध्यक्ष कृष्ण कुमार यादव लगायत नेताहरूको उपस्थिति रहेको थियो।

‎अधिवेशनले स्थानीय संगठन सुदृढीकरण, पार्टीलाई गाउँस्तरमा बलियो बनाउन तथा मधेशी जनताको अधिकार र पहिचानका लागि निरन्तर संघर्ष गर्ने संकल्प व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *