सर्लाही, मलंगवा — आज के.पि. ओलि प्रधानमन्त्री रहेकाे ठाउँमा भाेलि कुनै मधेशीका सन्तान नि प्रधानमन्त्री बन्न सक्ने जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य डा.सिमा सिहंले बताउनुभयाे ।
सर्लाहीकाे मलंगवामा जसपाले आयाेजना गरिएकाे लाठि जुलुसलाई सम्बाेधन गर्दैे डा. सिहं प्रशासनले पदिय मर्यादा बिर्सेर मधेशी जनता माथि गरिएकाे दमन कुनै हालतमा सहय नहुने बताउदै त्यस्ता काम तत्काल बन्द गर्न चेतावनी समेत दिनुभयाे ।

साेहि जुलुसलाई सम्बाेधन गर्दै किसान महासंघका अध्यक्ष एवम जसपाका केन्द्रिय सदस्य भाग्य नारायण रायले प्रहरी प्रशासनकाे काम जनतालाई शान्ति सुरक्षा प्रदान गर्ने रहेकाेमा प्रहरी प्रशासन भ्रष्टाचारीहरू तथा तस्करहरूकाे संरक्षणमा लाग्नु गलत रहेकाे बताउनुभयाे । उहाँले जनता पक्षमा अवाज उठाउने जसपाका प्रदेश अध्यक्ष अशाेक यादवेलाई झुठा मुद्दामा पसाईनु दुखद रहेकाे तथा सम्पुर्ण जनतामाथिकाे बिश्ववासमाथिकाे कुठाराधात भएकाे आराेप लगाउनुभयाे । नेता रायले समयमै यसलाई नसच्याए जनताले कुनै बेला बिद्राेह गर्न सक्ने बताउनुभयाे ।

जनता समाजवादी पार्टी (जसपा) सर्लाहीको आव्हानमा आइतवार दिउँसो सदरमुकाम मलंगवामा लाठी जुलुस निकालिएको छ।

जिल्ला प्रशासन कार्यालय अगाडि रहेको तीन बिघे मैदानबाट सुरु भएको उक्त जुलुस नगरका विभिन्न भागकाे परिक्रमा गर्दै सम्पन्न भएको हो। जुलुसमा सयौंको संख्यामा महिला तथा पुरुषहरूको उपस्थिति रहेकाे थियो।
पार्टीका मधेश प्रदेश अध्यक्ष एवं पूर्व प्रदेश सभा सदस्य अशोक यादव र सर्लाहीका प्रहरी प्रमुखबीच भएको फोन संवादपछि उत्पन्न विवादका कारण सो विरोध कार्यक्रम आयोजना गरिएको जसपा नेता सोहन झाले जानकारी दिए।
उनका अनुसार अशोक यादवमाथि लगाइएका विभिन्न मुद्दा खारेज गर्नुपर्ने, निष्पक्ष छानबिन समिति गठन गर्नुपर्ने, घटनाका सत्य–तथ्य सार्वजनिक गर्नुपर्ने र दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने मागसहित विरोध प्रदर्शन गरिएको हो।
पार्टीले माग पुरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएको छ।
