‎ईश्वरपुर आँखा उपचार केन्द्र वर्ष उत्कृष्ट शाखाको रूपमा सम्मानित ।

भरतपुर आँखा अस्पतालले सञ्चालन गरिरहेका २५ वटा उपचार केन्द्र मध्ये सर्लाहीको सर्लाहीको ईश्वरपुर नगरपालिका–९ मा रहेको आँखा उपचार केन्द्रलाई आर्थिक वर्ष २०८१÷८२ को “वर्ष उत्कृष्ट शाखा“ को रूपमा सम्मानित भएको छ । नेपाल नेत्रज्योति संघ र भरतपुर आँखा अस्पतालको सहकार्यमा सञ्चालित यस केन्द्रले चार मध्ये दुई विधामा—“उत्कृष्ट संयोजक“ र “उत्कृष्ट व्यवस्थापन“—मा संमान प्राप्त गरेको हो।


‎उत्कृष्ट संयोजकको रूपमा ईश्वरपुर केन्द्रका संयोजक तथा ईश्वरपुर नगरप्रमुख मनोज आचार्य र उत्कृष्ट केन्द्रको रुपमा केन्द्रले पाएको संमान  प्रमुख चन्दन मणि रामले ग्रण गरेका छन ।

‎सम्मान ग्रहण कार्यक्रममा लाउपसंयोजक प्रकाश मैनाली, नगर अस्पताल सञ्चालक समिति सदस्य दिपेन्द्र साह, र कायपालीका  सदस्य गणेश ठाकुरचितवन पुगेका थिए।


‎नगरको सानो प्रयासले धेरै नागरिकले सेवा पाएको उल्लेख गर्दै नगरप्रमुख आचार्यले “भरतपुर आँखा अस्पतालबाट प्राप्त सम्मानले थप प्रेरणा दिएको बताउनुु भयो ।


‎हाल नेत्र सहायकद्वारा सेवा दिइँदै आएकामो ईश्वरपुर आँखा उपचार केन्द्रमा अब विशेषज्ञ डाक्टरद्वारा सेवा सुरु गर्ने योजना बनाइएको छ।

‎यो योजना हालै प्राप्त सम्मान र स्थानीय जन समुुदायको मायाका कारण उत्प्रेरित भएको केन्द्रका उप–संयोजक प्रकाश मैनालीले बताउनुु भयो ।

‎मैनालीका अनुसार, विशेषज्ञ सेवा सञ्चालनसँगै केन्द्रको सेवा गुणस्तरीय र प्रभावकारी बन्ने, र त्यसले सर्लाही जिल्लाभरिका आँखासम्बन्धी समस्या भएका नागरिकलाई राहत मिल्ने बिषवास गर्नुु भयो ।

‎यसैबीच, भरतपुर आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक रमेशकुमार धिमिरेले हाल  ईश्वपुुर केनद्रमा प्रत्येक महिनाको २२ गते मात्र विशेषज्ञ सेवा उपलब्ध रहेकोमा अबदेखि हरेक १५–१५ दिनमा,  र नियमित साप्ताहिक रूपमा सेवा सञ्चालन गर्ने योजना रहेको जानकारी दिए। दीर्घकालीन रूपमा दैनिक सेवा सञ्चालन गर्ने लक्ष्य लिइएको  धिमिरेले बताउनुु भयो ।


‎सेवा विस्तारको प्रभावबारे बोल्दै मैनालीले भने, “यो योजना सफल भएमा ईश्वरपुर नगर मात्र नभई सम्पूर्ण सर्लाही जिल्लामा आँखासम्बन्धी सेवा पहुँचमा पुग्नेछ । बयलवास बजारमा आर्थिक र सामाजिक चहलपहल बढ्ने मैनालीको बिसवास छ ।


‎कायपालीका सदस्य गणेश ठाकुरका अनुसार, सेवा केन्द्रमा सेवा बितार सङै याँहाका नागरिकले सेवा लिन बाहिर जान नर्पे बताउनुु भयो जसले स्थानीय विकासमा सकारात्मक असर पार्नेछ ।

‎त्यस्तै, नगर अस्पताल सञ्चालक समिति सदस्य दिपेन्द्र साहले भने, “नगरभित्रै सबै सेवा उपलब्ध हुँदा ईश्वरपुर र छिमेकी पालिकाका नागरिकले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्य हुनेछ ।”



‎ठोरी गाउँपालिकामा सञ्चालनमा रहेको ठोरी आँखा उपचार केन्द्रले यो वर्ष दुई विधामा उत्कृष्टताको आधारमा सम्मान प्राप्त गरेको छ।

‎‘उत्कृष्ट केन्द्र प्रमुख’ र ‘उत्कृष्ट अप्टिकल डिस्पेन्सर’ विधामा केन्द्रले पुरस्कार प्राप्त गर्दै बाजी मारेको हो।


‎शुक्रबारबाट सुरु भई शनिबार सम्पन्न भएको यो कार्यक्रम भरतपुर आँखा अस्पतालको आयोजना तथा नेपाल नेत्रज्योति संघको संयोजनमा सम्पन्न भएको थियो।


‎कार्यक्रमको अध्यक्षता भरतपुर आँखा अस्पतालका कार्यवाहक सभापति तेजेन्द्रबहादुर खड्काले गनुु भयको छ । कार्यक्रममा नपाल नेत्रज्योति संघका केन्द्रय उपाध्यक्ष तथा बागमती प्रदेश सभापति ऋषिराम पौडेल, केन्द्रय कोषाध्यक्ष चिजकुमार मास्के, साथै विभिन्न नगरपालिकाका प्रमुखहरूको उपस्थिति रहेको थियो।



‎ईश्वरपुर नगरप्रमुख मनोज आचार्य , कविलासी नगरप्रमुख ब्रह्मदेव राय, भानु नगरप्रमुख आनन्दराज त्रिपाठी ,राप्ती नगरप्रमुख शमशेर लामा ,गैडाकोट नगरप्रमुख मदनभक्त अधिकारी , देवचुली नगरप्रमुख टिकलप्रसाद काफ्ले , कविलासी उपप्रमुख पुनम कर्ण लगायतका उपथीतीमा कायक्रमा संपन भएको कायक्रमा संचालक तथा प्रसासन साखा प्रमुुख दया शंकर चौधरीले जानकारि दिनुु भयो ।


‎समीक्षा बैठकमा, विभिन्न आँखा उपचार केन्द्रका प्रमुख, अस्पताल सञ्चालक समिति, र उप–सञ्चालन समितिका प्रतिनिधिहरूबीच अनुभव साटासाट गरिएको थियो। भने गरेको कामको बारेमा सबै केन्द्रले आ–आफनो प्रश्तुुती समेत प्रदान गरिएको छ । भरतपुर आँखा अस्पतालका सह–प्रा. डा. पुष्पा गिरीले यस्तो साझा छलफलले केन्द्रहरूबीच सिकाइको आदान–प्रदान र कमजोरी सुधार गर्ने अवसर मिल्ने बताउनुु भयो । उनले यस्ता कार्यक्रमले आगामी दिनमा सेवा सञ्चालनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *