चन्द्रनगर, सर्लाही — २०८२ साउन ३,
जनता समाजवादी पार्टी, नेपाल (जसपा) चन्द्रनगर गाँउपालिकाको प्रथम अधिवेशन सम्पन्न भएकाेछ ।
अधिवेशनबाट सर्वसम्मत रूपमा श्री नन्दलाल रायको अध्यक्षतामा २१ सदस्यीय गाँउपालिका समिति गठन गरिएको छ।
कार्यक्रममा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उत्साहजनक सहभागिता रहेको थियो। अधिवेशनले पार्टीलाई गाउँपालिका स्तरमा अझ सशक्त, संगठित र जनउत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
नवगठित समितिका सम्पूर्ण सदस्यहरूलाई पार्टीका विभिन्न तहका नेताहरूले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
२१ सदस्यीय नयाँ समितिले चन्द्रनगर गाउपालिकामा पार्टीको संगठन विस्तार, जनतासँगको सम्बन्ध बलियो बनाउने र समसामयिक राजनीतिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने लक्ष्य लिएको बताइएको छ।
जनता समाजवादी पार्टी, नेपाल चन्द्रनगर गाउपालिका समिति गठन
