‎पार्टीको मुद्दा बाेकेर जनताकाे घर दैलाेमा पुग्न विभागीय प्रमुखहरूलाई अध्यक्ष यादवकाे निर्देशन

‎काठमाण्डाै, साउन ११/ जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पार्टीलाई मजबुत बनाउन संगठन सुदृढीकरण, प्रशिक्षण, नेतृत्व विकास र चुनावी तयारीमा विशेष ध्यान दिनुपर्ने बताएका छन्।


‎आइतबार केन्द्रीय पार्टी कार्यालय बालकुमारीमा सम्पन्न केन्द्रीय विभाग तथा जनवर्गीय संगठन प्रमुखहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले हालको अन्यौलपूर्ण राजनीतिक परिस्थितिमा परिवर्तनको दिशामा अडिग भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।


‎“निर्वाचनमा आफ्ना कार्यक्षमताहरूलाई थप विकसित गर्नु आवश्यक छ। जनता माझ मुद्दा पुर्‍याउन सशक्त संगठन निर्माण अपरिहार्य छ,” अध्यक्ष यादवले बताए।


‎उनले मधेश प्रदेशमा पार्टीको सशक्त उपस्थिति र सघन सक्रियता उल्लेख गर्दै त्यसलाई अझ व्यापक बनाउँदै लैजानु पर्नेमा जोड दिए। अध्यक्ष यादवले आगामी निर्वाचनलाई दृष्टिगत गर्दै प्रत्येक तहका नेता–कार्यकर्तालाई तयारीमा जुट्न आह्वान समेत गरे।


‎बैठकमा प्रशिक्षण कार्यक्रम सञ्चालन, नेतृत्व विकासका पहल, जनसम्पर्क विस्तार, जनवर्गीय संगठनहरूको भूमिकाबारे पनि गम्भीर छलफल भएको पार्टी स्रोतले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *